Sunday, August 12, 2018

त्रिशूलीसँगै बगेका सपना

दिपक वाग्ले

कहिलेकाहीँ लाग्छ, यो जीवन पनि यौटा सपना भइदिएको भए वा सपनाहरू सपना नबन्दै टुटेर गएको भए । तर अफसोच जिन्दगी यौटा विपनामा परिणत भएर कहिल्यै निको नहुने गहिरो घाउ बनेर बल्झिरह्यो । जब बिहानीको किरणहरूसँगै ताराहरू जस्तै सपनाहरू पनि टुटेर गए तबदेखि जिन्दगी नै बोझ लाग्न थाल्यो । सही के हो थाहा थिएन । केवल यति थाहा थियो, अब कसैको यादहरूको भ्रममा बाँच्नु, यादहरूको पर्खाइमा बाँच्नु गलत हो । मनमा चोटहरूको पहाड बोकेर एकपल पनि जिउनु यति कठिन भइदिन्छ तर मानिसहरू सयौँ जुनी जिउने भ्रम किन राख्छन् । यो भन्ने र सुन्नेहरूको कलोकल्पित भावना मात्र होला सायद । भोग्नेहरूको यथार्थ बाहिरी दुनियाँको सोचभन्दा बिलकुल फरक हुँदो रहेछ । दुनियाँ बाहिरी चोट मात्र देख्छन्, अनि त्यही चोटहरूप्रति सहानुभूति राख्नेहरूलाई सायद कहिल्यै थाहा नहुन सक्छ । हृदयभित्रका अदृश्य चोटहरूसँगै बाँच्न खोज्ने ती मुर्छित आत्माहरू कुनै दिन रुँदारुँदै आँशुहरूसँगै हराइदिन्छन् । तिम्रो गुमनाम सहरको अन्जान गल्लीहरू माझ ।
अनायासै पूर्णीमाको रातले पनि मलाई औँशीको अन्धकारतर्फ धकेल्न खोजिरहेको थियो । जिन्दगी जस्तै राजमार्ग पनि पुरै सुनसान थियो । त्यो एक्लो सुनसान रातमा मलाई डाको छोडेर रुने मन भयो । सायद अबदेखि आँशुहरू पनि झरेर जाने छैनन् । त्रिशुलीको बहावभित्र मेरा आँशुहरू मेरो प्राणसँगै बगेर जानेछ । मलाई बर्खायामको त्रिशुली र उसैसँग समाहित भएको त्यो डरलाग्दो भेलले बारम्बार आकर्षित गरिरहेको भान हुन्थ्यो । मानौँ मलाई उसले प्रतीक्षा गरिरहेको होस् ऊसँगै समाहित हुन् । तर म उनको जिन्दगीमा कहिल्यै पनि समाहित हुन सकिनँ । पर किनारामा कुनै माझीले बाँधिछाडेको डुङ्गा र डुङ्गामाथिको बहाना जस्तै मेरो जिन्दगीबाट बहाना बनाएर गएकि थिई ऊ ।
सडक किनाराको प्रतीक्षालयमा बस्दै म सोचमग्न भए । सायद म नभए पनि अब यहाँ कसलाई के फरक पर्छ र ? म उकाली ओराली गर्ने ती गोरेटोहरूमा जब सन्नाटा छाउँछ तब केही दिन कोही कसैलाई मेरो याद आउँदो हो । त्यसपछि बिस्तारै झझल्कोबाट विलिन भएर जानेछु । मेरा नजिकका आफन्तहरू र मित्रहरूले मेरो पार्थिव शरीरलाई समसान घाटमा जलाएपश्चात बिस्तारै मेरो नाम विर्सनेछन् र नामसँगै धुमिल आकृतिहरूमा परिणत हुँदै स‘र्यास्तको किरणहरूसँगै ढलेका ती अभिषप्त रातहरूमा खस्दै गरेको तारा जस्तै म सधैँसधैँको निम्ति तिम्रो स्मृतिबाट हराएर जानेछु ।
रहरमा चल्दो रहेछ दुनिया । म बाँचेर पनिरहरमा प्रत्येक दिन कैयौँ मृत्यृ मरिरहेछु । अब अन्तिम मृत्युको रहरमा मेरो अन्तरआत्मा छटपटाउन थालिसकेको थियो । जिउँदो लास बनेर जिउनु व्यर्थ हो । अन्तिम घुट्को लगाएँ । एकचोटि आँखा चिम्लिएर व्यथित विगतलाई सम्झिँदै बरबराउन थाले । ‘मैले वाचा गरेको थिए, कुनै दिन तिमीसँग कि तिमीविना बाँच्न सक्दिनँ भनेर । त्यसैले आज बाचा पुरा गर्न जाँदैछु । तिमी पराई भयौ । तिमीसँगै तिम्रो हाँसो पराई भयो । तिम्रो सिउँदो अनि सिउँदोमा रङ्गिएको सिन्दुर पराई भयो । मेहेन्दीको रङले हातभरी कोरिएको चित्रहरू पराई भए अनि फुलका गुच्छाजस्ता तिम्रा हातहरूमा चुराहरूबाट बज्ने छनछन आवाजहरू पनि पराई भए । पराईको हाँसोसँगै तिमीले हाँस्न सिकिसकेकी छौँ । तिम्रो हाँसो मेरा लागि आँशु बन्नु हुँदैन । त्यसैले माफ गर । मलाई जिन्दगीसँग हारेको नसम्झिनु । अब मभित्र जित्ने कुनै चाहना नै छैन । अधुरा चाहनाहरू मसँगै मरेर जानेछन् । उर्ली जाने त्रिश‘लीहरूसँगै स्मृतिहरू सङ्गम बनेर कुनै दोभानमा तिम्रा यादहरूलाई किनारा लगाउँदै, किनारासँगै बिलिन भएर जानेछन् ।’
समय हेरेँ, रातको १० बजिसकेको थियो । निकैबेर प्रतीक्षा गरेँ ऊ आइन । सायद ऊ आउदिनँ पनि होला । सोचे के सम्बन्ध छ र अब हामीहरू बीच । म र म हिँड्ने गल्लीहरू उनका लागि अन्जान भइसके । यति सोच्दै म प्रतीक्षालयबाट निस्कँदै थिएँ । पर कुनै आकृति देखापर्न थाल्यो । सायद उही होली । म दोधारमा परेँ । ऊ नजिकै आई । ‘किन बोलायौ यति राति । के भयो ? केही काम थियो कि ? छिटो भन मलाई हतार छ ।’ ‘हा.. हा.. हतार त आज मलाई पनि छ ।’ तत्क्षण मैले आफ्नो हातमा रहेको औँठी निकालेर उसको हातमा थमाइदिएँ । सायद उसले दिएको त्यही औँठी उसको अन्तिम चिनो थियो मसँग ।
‘किन फिर्ता गर्दैछौ । यो तिमीले नै राख्न‘ । म नभए पनि मेरो याद तिमीसँगै रहनेछ ।’
‘के अर्थ अब तिम्रो याद आउनु र नआउनुमा । कहिलेकाहीँ फुलहरूले पनि चोट दिने गर्छन् र त्यही चोटबाट घाइते भमरालाई बगैँचाको कुनै अर्थ रहँदैन । ऊ उडेर पर गइदिन्छ, त्यो फुलबारीबाट र फुलहरूबाट । ऊ वसन्तमा वसन्त देख्दैन । केवल वचनजस्तै घोच्ने काडाहरू मात्र देख्छ होला सायद । तिमीलाई पहिल्यै भुल्नु पर्थ्यो मैले तर सकिनँ । तिम्रो यादहरू गृष्मकालीन झरीहरूसँगै आँखाबाट आशु बनेर फर्किएर आएँ ।’ केहीबेर सन्नाटा छायो ।
लामो मौनतालाई चिर्दै ऊ बोल्न थाली ‘कहाँ जान्छौ अब ?’ ‘अब कुनै गन्तव्य छैन मेरो । यो यात्रालाई सदाका लागि टुङ्ग्याइदिन चाहन्छु । आखिर जिम्मेवारविहीन भएर कहिलेसम्म भौँतारिँदै हिँडौँ ? थाहा छैन । यसरी भौँतारिँदै हिँड्नुमा जिम्मेवारको थियो । तिमी ? म ? या समय ? थाहा छैन । मेरो मायालाई बुझिनौँ वा बुझ्न चाहिनौँ त्यो पनि थाहा छैन । केवल यति थाहा छ कि सायद म तिम्रा लागि लायक कहिल्यै पनि थिइनँ होला । तिमीले पराई सम्झेर किनारा लगाए पछि छरपस्ट छरिएका ती माया, वाचा, कसम, समर्पण, त्याग भावना र कल्पना जस्ता पवित्र वस्तुहरू मरेर टाढा गइसके । तिमीविनाको संसार अब मेरा लागि व्यर्थ छ । हृदयभरि तिमीले प्रत्येक पलहरूमा दिएका चोटहरू बोकेर म केही पलहरूपश्चात सदाका लागि बिदा भएर धेरै टाढा जान चाहन्छु । तिमीदेखि अनि तिम्रो यो स्वार्थी दुनियादेखि ।’
‘जहाँ हुन्छौ खुसी हुनू । बाध्यताले हो, हामीलाई टाढा बनाइदिएको । तिमी किन बुझ्दैनौँ यी कुरा । अब चाहेर पनि त म फर्कन सक्दिनँ । मेरो आफ्नै दुनियाँ छ । मेरो आफ्नै संसार छ । म त्यहाँ संसारप्रति समर्पित भइसकेको छु । तिमी बुझ्ने कोसिस गर, तिमीले देखेका ती सपनाहरू सबै नाजायज थिए । अब म तिम्रो हुन कदापि सक्दिन । सबै कुरा बितिसक्यो । समयसँगै तिम्रो भ्रमहरू पनि बितेर जाओस् । जान्छु अब रात धेरै छिप्पिसक्यो । राम्ररी बस्नु । सायद हाम्रो भेट अवश्य हुनेछ ।’


ऊ फनक्क फर्किई र हात हल्लाउँदै अबोध मुहारमा अधुरो मुस्कान फिँजाएर पाइलाहरू चाल्न थाली । अनि म साउनको उर्लंदो भेलभित्र बगिरहेको त्रिशूली र त्रिशूली किनारका छालसँगै समाप्त हुन अघि बढ्नै लाग्दा फर्किएर उसलाई अन्तिम पटक बोलाउन मन लाग्यो । फेरि सोचेँ के फरक पर्छ होला र उसलाई अब । म बोले पनि नबोले पनि ।

Wednesday, July 18, 2018

कथाः त्रिशूलीसँगै बगेका सपना







-दीपक वाग्ले  
कहिलेकाहीँ लाग्छ, यो जीवन पनि यौटा सपना भइदिएको भए वा सपनाहरू सपना नबन्दै
टुटेर गएको भए । तर अफसोच जिन्दगी यौटा विपनामा परिणत भएर कहिल्यै निको नहुने गहिरो घाउ बनेर बल्झिरह्यो । जब बिहानीको किरणहरूसँगै ताराहरू जस्तै सपनाहरू पनि टुटेर गए तबदेखि जिन्दगी नै बोझ लाग्न थाल्यो । सही के हो थाहा थिएन । केवल यति थाहा थियो, अब कसैको यादहरूको भ्रममा बाँच्नु, यादहरूको पर्खाइमा बाच्नु गलत हो । मनमा चोटहरूको पहाड बोकेर एकपल पनि जिउनु यति कठिन भइदिन्छ तर मानिसहरू सयाँै जुनी जिउने भ्रम किन राख्छन् । यो भन्ने र सुन्नेहरूको कलोकल्पित भावना मात्र होला सायद । भोग्नेहरूको यथार्थ बाहिरी दुनियाँको सोचभन्दा बिलकुल फरक हुँदो रहेछ । दुनियाँ बाहिरी चोट मात्र देख्छन्, अनि त्यही चोटहरूप्रति सहानुभ‘ति राख्नेहरूलाई सायद कहिल्यै थाहा नहुन सक्छ । हृदयभित्रका अदृश्य चोटहरूसँगै बाँच्न खोज्ने ती म‘र्छित आत्माहरू कुनै दिन रुँदारुँदै आँशुहरूसँगै हराइदिन्छन् । तिम्रो गुमनाम सहरको अन्जान गल्लीहरू माझ ।
अनायासै प‘र्णिमाको रातले पनि मलाई औँशीको अन्धकारतर्फ धकेल्न खोजिरहेको थियो । जिन्दगी जस्तै राजमार्ग पनि प‘रै सुनसान थियो । त्यो एक्लो सुनसान रातमा मलाई डाको छोडेर रुने मन भयो । सायद अबदेखि आँशुहरू पनि झरेर जाने छैनन् । त्रिश‘लीको बहावभित्र मेरा आँशुहरू मेरो प्राणसँगै बगेर जानेछ । मलाई बर्खायामको त्रिश‘ली र उसैसँग समाहित भएको त्यो डरलाग्दो भेलले बारम्बार आकर्षित गरिरहेको भान हुन्थ्यो । मानाँै मलाई उसले प्रतीक्षा गरिरहेको होस् ऊसँगै समाहित हुन् । तर म उनको जिन्दगीमा कहिल्यै पनि समाहित हुन सकिनँ । पर किनारामा कुनै माझीले बाँधिछाडेको डुङ्गा र डुङ्गामाथिको बहाना जस्तै मेरो जिन्दगीबाट बहाना बनाएर गएकि थिई ऊ ।
सडक किनाराको प्रतीक्षालयमा बस्दै म सोचमग्न भए । सायद म नभए पनि अब यहाँ कसलाई के फरक पर्छ र ? म उकाली ओराली गर्ने ती गोरेटोहरूमा जब सन्नाटा छाउँछ तब केही दिन कोही कसैलाई मेरो याद आउँदो हो । त्यसपछि विस्तारै झझल्कोबाट विलिन भएर जानेछु । मेरा नजिकका आफन्तहरू र मित्रहरूले मेरो पार्थिव शरीरलाई समसान घाटमा जलाएपश्चात विस्तारै मेरो नाम विर्सनेछन् र नामसँगै धुमिल आकृतिहरूमा परिणत हँुदै स‘र्यास्तको किरणहरूसँगै ढलेका ती अभिषप्त रातहरूमा खस्दै गरेको तारा जस्तै म सधैँसधैँको निम्ति तिम्रो स्मृतिबाट हराएर जानेछु  । 
रहरमा चल्दो रहेछ दुनिया । म बाँचेर पनि रहरमा प्रत्येक दिन कैयौँ मृत्यृ मरिरहेछु । अब अन्तिम मृत्युको रहरमा मेरो अन्तरआत्मा छटपटाउन थालिसकेको थियो । जिउँदो लास बनेर जिउनु व्यर्थ हो । अन्तिम घुट्को लगाएँ । एकचोटि आँखा चिम्लिएर व्यथित विगतलाई सम्झिँदै बरबराउन थाले । ‘मैले वाचा गरेको थिए, कुनै दिन तिमीसँग कि तिमीविना बाँच्न सक्दिनँ भनेर । त्यसैले आज बाचा प‘रा गर्न जाँदैछु । तिमी पराइ भयौ । तिमीसँगै तिम्रो हाँसो पराइ भयो । तिम्रो सिउँदो अनि सिउँदोमा रङ्गिएको सिन्द‘र पराइ भयो । मेहेन्दीको रङले हातभरी कोरिएको चित्रहरू पराइ भए अनि फ‘लका गुच्छाजस्ता तिम्रा हातहरूमा चुराहरूबाट बज्ने छनछन आवाजहरू पनि पराइ भए । पराइको हाँसोसँगै तिमीले हाँस्न सिकिसकेकी छौँ । तिम्रो हाँसो मेरा लागि आँशु बन्नु हुँदैन । त्यसैले माफ गर । मलाई जिन्दगीसँग हारेको नसम्झिनु । अब मभित्र जित्ने कुनै चाहना नै छैन । अधुरा चाहनाहरू मसँगै मरेर जानेछन् । उर्ली जाने त्रिश‘लीहरूसँगै स्मृतिहरू सङ्गम बनेर कुनै दोभानमा तिम्रा यादहरूलाई किनारा लगाउँदै, किनारासँगै बिलिन भएर जानेछन् ।’
समय हेरेँ, रातको १० बजिसकेको थियो । निकैबेर प्रतीक्षा गरेँ ऊ आइन । सायद ऊ आउदिनँ पनि होला । सोचे के सम्बन्ध छ र अब हामीहरू बीच । म र म हिँड्ने गल्लीहरू उनका लागि अन्जान भइसके । यति सोच्दै म प्रतीक्षालयबाट निस्कँदै थिएँ । पर कुनै आकृति देखापर्न थाल्यो । सायद उही होली । म दोधारमा परेँ । ऊ नजिकै आई । ‘किन बोलायौ यति राति । के भयो ? केही काम थियो कि ? छिटो भन मलाई हतार छ ।’ ‘हा.. हा.. हतार त आज मलाई पनि छ ।’ तत्क्षण मैले आफ्नो हातमा रहेको औँठी निकालेर उसको हातमा थमाइदिएँ । सायद उसले दिएको त्यही औँठी उसको अन्तिम चिनो थियो मसँग ।
‘किन फिर्ता गर्दैछौ । यो तिमीले नै राख्न‘ । म नभए पनि मेरो याद तिमीसँगै रहनेछ ।’
‘के अर्थ अब तिम्रो याद आउनु र नआउनुमा । कहिलेकाहीँ फ‘लहरूले पनि चोट दिने गर्छन् र त्यही चोटबाट घाइते भमरालाई बगैँचाको कुनै अर्थ रहँदैन । ऊ उडेर पर गइदिन्छ, त्यो फ‘लबारीबाट र फ‘लहरूबाट । ऊ वसन्तमा बसन्त देख्दैन । केवल वचनजस्तै घोच्ने काडाहरू मात्र देख्छ होला सायद । तिमीलाई पहिल्यै भुल्नु पथ्र्यो मैले तर सकिनँ । तिम्रो यादहरू गृष्मकालीन झरीहरूसँगै आँखाबाट आशु बनेर फर्किएर आएँ ।’ केहीबेर सन्नाटा छायो । 
लामो मौनतालाई चिर्दै ऊ बोल्न थाली ‘कहाँ जान्छौ अब ?’ ‘अब कुनै गन्तव्य छैन मेरो । यो यात्रालाई सदाका लागि टुङ्ग्याइदिन चाहन्छु । आखिर जिम्मेवारविहीन भएर कहिलेसम्म भौँतारिँदै हिँडौँ ?  थाहा छैन । यसरी भौँतारिँदै हिँड्नुमा जिम्मेवारको थियो । तिमी ? म ? या समय ? थाहा छैन । मेरो मायालाई बुझिनौँ वा बुझ्न चाहिनौँ त्यो पनि थाहा छैन । केवल यति थाहा छ कि सायद म तिम्रा लागि लायक कहिल्यै पनि थिइनँ होला । तिमीले पराइ सम्झेर किनारा लगाए पछि छरपस्ट छरिएका ती माया, वाचा, कसम, समर्पण, त्याग  भावना र कल्पना जस्ता पवित्र वस्तुहरू मरेर टाढा गइसके । तिमीविनाको संसार अब मेरा लागि व्यर्थ छ । हृदयभरि तिमीले प्रत्येक पलहरूमा दिएका चोटहरू बोकेर म केही पलहरूपश्चात सदाका लागि बिदा भएर धेरै टाढा जान चाहन्छु । तिमीदेखि अनि तिम्रो यो स्वार्थी दुनियादेखि ।’
‘जहाँ हुन्छौ खुसी हुनू । बाध्यताले हो, हामीलाई टाढा बनाइदिएको । तिमी किन बुझ्दैनौँ यी कुरा । अब चाहेर पनि त म फर्कन सक्दिनँ । मेरो आफ्नै दुनियाँ छ । मेरो आफ्नै संसार छ । म त्यहाँ संसारप्रति समर्पित भइसकेको छु । तिमी बुझ्ने कोसिस गर, तिमीले देखेका ती सपनाहरू सबै नाजायज थिए । अब म तिम्रो हुन कदापि सक्दिन । सबै कुरा बितिसक्यो । समयसँगै तिम्रो भ्रमहरू पनि बितेर जाओस् । जान्छु अब रात धेरै छिप्पिसक्यो । राम्ररी बस्नु । सायद हाम्रो भेट अवश्य हुनेछ ।’ 
ऊ फनक्क फर्किई र हात हल्लाउँदै अबोध मुहारमा अधुरो मुस्कान फिँजाएर पाइलाहरू चाल्न थाली । अनि म साउनको उर्लंदो भेलभित्र बगिरहेको त्रिशूली र त्रिशूली किनारका छालसँगै समाप्त हुन अघि बढ्नै लाग्दा फर्किएर उसलाई अन्तिम पटक बोलाउन मन लाग्यो । फेरि सोचँे के फरक पर्छ होला र उसलाई अब । म बोले पनि नबोले पनि ।
-सिन्धुली

Tuesday, June 5, 2018

लघुकथा: झिलिमिलीको सहर

-दीपक वाग्ले

केही पर चोकमा जुनेली रातको सन्नाटालाई चिर्दै कोही बिलौना गरिरहेको सुनिन्थ्यो । अस्पष्ट र निरन्तर झर्को लाग्दो गुनगुनाहट कानमा प¥यो । चुरोटको अन्तिम सर्कोसँगै म त्यही विकृत र भग्नावशेष आकृतितर्फ बढे । अन्दाजी २५–२६ सेरोफेरोको यौटी युवती मानसिक सन्तुलन गुमाएर सडकमा बेपर्वाह बरबराइरहेकी थिई । वरपर केही मानिसहरू त्यस आकृतिदेखि तर्कंदै परपरबाट हिँडेको देखिन्थ्यो । एकाएक उनको आँखा मसँग जुध्यो । क्षितिजभन्दा पनि पर पृथ्वीको कुनै कुनामा दुई अपरिचित प्राणीको अकल्पनीय र अन्योन्याश्रित भेट जस्तो ऊ झसङ्ग भई र मौन रही ।
मलाई अप्ठ्यारो महसुस भयो र बिस्तारै गन्तव्यविहीन पाइलाहरू बिस्तारै चाल्न लाग्दा ऊ अघिको कर्कश आवाजबाट बाहिर निस्किँदै केही भन्न थाली । ‘सुन्नुस न ?’ म फर्किएँ । ‘के ऊ फर्केर आउला त मलाई लिन ?’ म अकमकिएँ ‘कहाँबाट ?’ ‘ऊ त्यो बादलभन्दा पनि पर.. धेरै परको सहरबाट ? भन्नुस् न ? ऊ छिट्टै आउँछु भन्थ्यो । ऊ आएर मलाई लिएर जान्छु भन्थ्यो । त्यो रातमा पनि उज्यालो हुने सहरमा । हा.. हा.. त्यो झिलिमिलीको सहरमा । उसले वाचा गरेको थियो ।’ ऊ एकाएक भुइँमा हेर्दै सुकसुकाउन थालि। ‘सुन्नुभएन तपाईंले ? उसले कसम खाएर गएको थियो । भन्नुस् न ऊ आउँछ नि ?’
म फिस्स हाँसे र सोचे आखिर के नै फरक छ र हामी दुईमा । ऊ कसैको यादमा पागल भई र म पागल भएर कसैलाई याद गर्दैछु । सायद हामी दुवैको कुनै भविष्य छैन र भविष्य नभएका हामी दुवै खेलौनाजस्तै हौँ । कसैको जरुरत पूरा भएसँगै मिल्किन्छौँ, कुनै कुना कन्दराहरूमा । समयको आँधीबेहरीसँगै कसैले नदेख्ने र कसैले नभेट्ने गरी । म फिस्स हाँसे । ‘अवश्य धैर्य गर । ऊ फर्केर आउँछ । अनि तिमीलाई पनि त्यो झिलिमिलीको सहरमा लिएर जान्छ ।’ उसको विकृत चेहरा अकस्मात उज्यालो भयो । केही कुरा पाएर तृप्त भए जस्तो गरी ऊ खुसी हुँदै निलो गगनतिर नियाल्दै चिच्याउँन थाली । ‘सुन्यौ मैले भनेको थिए नि, तिमीलाई । ऊ एक दिन फर्केर आउँछ र मलाई लिएर जान्छ.. ।’ केहीबेरमा ऊ त्यहाँबाट बिलिन भई ।
म कतै लागेँ । थाहा छैन कता हिँड्दैछु र सोचेँ सायद उनले पर्खी बसेको त्यो अपरिचित कहाँ होला ? कतै परदेशमा उसको सम्पत्तिसँगै सपनाहरू पनि बढ्दै गयो कि ? वा सपना देखाउँनेहरू पनि बढ्दै गए ? वा सपनाहरूसँगै घमण्ड पनि बढ्दै गयो ? थाहा छैन तर ऊ निश्चय पनि फर्कंदैन । उसले त्यो रङ्गीन दुनियाँभित्र यी पुराना यादहरूलाई च्यातेर फ्याँकिसक्यो होला कुनै समुद्री किनारमा । जसलाई हरेक छालको लहरले बिस्तारै शून्यतामा विलीन गराएर सधैँका लागि अन्त्य गरिदेओस् ।

Sunday, May 27, 2018

कसैले मलाई पागल भनिदियो

-दीपक वाग्ले  
मलाई कसैले पागल भनिदिएँ
अनि मैले पागल हुने निर्णय गरेँ ।
अचेल म आफैसँग दुःखी छु
आफैभित्र दुःखी छु
सपनाहरू अब सपनानै रहनेछन्
स्मृतिहरु मसँगै बिलाउँनेछन्
यहाँ यथार्थ सबैलाई तितो लाग्छ भने
म मिठासको भ्रममा कदापि बाँच्न सक्दिनँ
बरु म तिम्रो स्वादमा तितो भएर बाँच्नेछु
अनि मैले तितो हुने निर्णय गरेँ ।
अचेल म सासविना बाँच्दैछु
लास जस्तो आशविना बाँच्दैछु
जाउँ तिमी खुशी खोज्न 
पर सुदूरपूर्वको सहरमा
मर्नदेऊ मर्नेहरु यादहरुका रहरमा
यहाँ मृत्यु पनि जिन्दगी जस्तो लाग्छ भने 
म जिउँनुको भ्रममा कदापि बाँच्न सक्दिनँ
हो बरु म तिम्रो सहरमा अदृश्य भएर नै बाँच्नेछु
अनि मैले गुमनाम हुने निर्णय गरेँ ।
अचेल नयनहरु नयन सँगै थकित छन्
क्षितिज पारीका सहरतिर भौतारिदै 
तिम्रा पदचापहरू पछ्याउँदा पछ्याउँदै
टुङ्गिन सक्छन् मृत्युका पाइलाहरू
यहाँ फूलहरूले पनि घोच्न थाल्छन् भने
म चोटहरूको भ्रममा कदापि बाँच्न सक्दिनँ
हो बरु म तिम्रो वसन्तमा उजाड  भएर बाँच्नेछु
अनि मैले गृष्म हुने निर्णय गरेँ
मलाई कसैले पागल भनिदियो
अनि मैले पागल हुने निर्णय गरेँ ।

टुङ्नाको आत्महत्या

दीपक वाग्ले  
जिन्दगीको अर्थ खोज्ने भ्रममा
झिलिमिली सहरको झिल्कासँगै
सल्किएर
धपक्क बलेकी तिमी
वर्षौंसम्म भुइँकुइरोले ढाकेको लेकमा
पर्खी बसेको यो च्याङ्बालाई
चटक्कै बिर्सिएर
सहरको रमझममै रमझमायौ कि ?
कि अल्झाउने दोबाटो छोडी अनन्त गोरेटामा
पाइला चाल्दै अदृश्य भयौ 
तिम्रो प्रतीक्षामा
हिउँ कैयौं पटक पग्लिसके
बुकीका फूलहरू
फुल्दै ओइलाउँदै झरिसके
गुम्बामाथिका ध्वजाहरू मक्किएर
धुजाधुजा भइसके
चिबेचरीहरू चिरबिर चिरबिर गर्दै
सुसेली हाल्न छोडिसके
लालीगुँरास फुलेर पनि
मगमगाउँन भुलिसक्यो
खर्कहरू सन्नाटाको शितलहरीमा
बिलाइसके
तिम्रा यादहरूको एम्बुसमा
घाइते मन बोकेर
सपनीमा अन्तिम सास फेर्दै गर्दा
तिमी अतितको लहरीमा
फर्कियौ भने
बिर्सिसकेका ती उराँठलाग्दा भञ्ज्याङ
लेकबेंसी छिचोल्दै
तिमी मानेहरूको पङ्क्तिभित्र
मलाई नियाल्न छोडेर
आफ्नो गन्तव्य पछ्याउँदै
मेरा यादहरूबाट
अदृश्य भएर
क्षितिज पर तिम्रो स्वप्निल दुनियाँमा
मुस्कुराउँदै फर्क
अब अर्थहीन यादहरू
मात्र आँशुमा सीमित हुन्छन् । 
फर्किएर जाऊ तिमी
यो लेकभित्र
चिसो आङ कठ्याङ्ग्रिने बतास
गोडा थरथराउँने थोराङ पासका भीरहरू
हिमपातले सेताम्य चौंरीखर्कहरू
अर्धमूर्छित बस्तीहरूमा एकतमासले बजिरहेको
डम्फुका नियास्रित धुनहरू
चिहानभित्रको सन्नाटा
बाजहरूको फनफनी चाल
हिमस्खलनसँगै मृत भोटेहरूको लास
लाससँगै भविष्य लास भएका
डोल्मा र छिरिङको कथाव्यथाहरू
नदेख्दै
जाउँ तिमी तिम्रो सहरमा
अल्झाउने दोबाटो छोडी अनन्त गोरेटोमा
फर्किंदै गर्दा तिम्रा नयन जब मेरो
भग्नावशेष झुपडीको भित्तामा प¥यो भने
त्यहाँ देख्नेछौ
तिमीले दिएको टुङ्ना
तिम्रो मनजस्तै चुँडिएर
त्यही दलिनमा झुन्डिरहेको हुनेछ
मानौँ तिम्रो यादमा
आत्महत्या गरेको होस् ।

Monday, May 14, 2018

बिर्सियो नभन्नु कान्छी मलाई

बिर्सियो नभन कान्छी मलाई
मैले सास फेर्न मात्र बिर्सिएको थिएँ
तिमीलाई होइन ।
चारैतिर घेरिएको ठूलो पर्खालभित्र
निस्सासिँदो सासमा आश बोकेर
जब मेरा मूर्छित नयनहरू तिम्रो बाटो कुरिरहेका हुन्छन्
तब  समयको  अभावमा लास बनी तिम्रो तलासमा
भट्किएर हिँड्न थाले भने
त्यही पुराना गोरेटा गल्लीहरूमा भौतारिँदा भौतारिँदै
अनन्त दोबाटोमा विलिन भए भने
विन्ति मेरो चिहानमा फर्किएर नरुनु तिमी
तिम्रा लागि आँशुहरूको त्रिशूली बगाएर
यौटा जँघार तरिसके मैले ।
खोली किनारका साँघुरा फाँटहरूमा बयली खेल्ने
चञ्चल हावाका झोक्काहरूझैँ
जब तिमी उडेर पर क्षितिजमा पुग्नेछौ
तब समयको सुसेलीमा सूर्यास्तको किरणसँगै
ओइलिएर झरे भने
तिमीले पर्खिबस्ने देउरालीका भञ्याङसम्म नपुग्दै
लड्खडाएर ढलँे भने
विन्ति मेरो स्मृतिलाई कल्पिएर कहिल्यै नरुनु तिमी
तिम्रा लागि आँशुहरूको त्रिशूली बगाएर
यौटा जँघार तरिसकँे मैले ।  
सात समुन्द्र पर तिम्रो सहरमा बिरलै झुल्कने
सन्ध्याकालीन ईन्द्रेणीहरूझै
जब बिस्तारै समयको कुइनेटासँगै सम्झनामा सीमित हुन्छु
तब खहरेको भेलसँगै पत्थर मन बोकेर
टुक्रँदा टुक्रँदै छिन्नभिन्न भए भने
सागर रूपी विशाल तिम्रो जीवनमा समाहित नहुँदै
बगर किनारमा अल्झिए भने
विन्ति यो मन्दिरको सिँढीलाई टेक्दा कहिल्यै नरुनु तिमी
तिम्रा लागि आँशुहरूको त्रिशूली बगाएर
यौटा जँघार तरिसकेँ मैले ।
बिर्सियो नभन कान्छी मलाई
मैले सास फेर्न मात्र बिर्सिएको थिएँ
तिमीलाई होइन ।
-सिन्धुली